२०७८, २१ श्रावण बिहीबार

Thursday 5th August 2021

मफसलका फोटोपत्रकारहरुलाई विषेश महत्व दिदै ! (एनफएपीजे नेपाल)ले गर्ने भो तेस्रो आवार्ड कार्यक्रम ।

प्रकाशित मिति: २०७५, १४ चैत्र बिहीबार १०:३१

कठमाडौं –देशभरीका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुको कार्यक्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटो पत्रकार साथीहरुको उच्च मनोबल वृद्धि हौसलाको लागि राष्ट्रिय फोटो पत्रकार समुह (एनफएपीजे नेपाल)ले विभिन्न १५ बिधामा नगदसहित ट्रफी पुरस्कृत ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ गर्ने भएको छ ।

बुधबार दरबारमार्गस्थित एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै एनफएपीजे नेपालले अवार्डको विभिन्न पक्षबारे जानकारी गराएको हो । एनफएपीजे नेपालले आफ्नो स्थापनाको २२ औं वर्षगाँठको अवसर पारेर आगामी २०७६ साल वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन लागेको छ । सोही दिन विषेश कार्यक्रम गरि पुरस्कार पनि बाँडिने भएको छ ।

कार्यक्रममा नगदसहित ट्रफी र सम्मानपत्रले समेत सम्मानित गरिने राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) का कार्यक्रम संयोजक प्रदिपराज वन्तले जानकारी दिए । साथै यो पटकबाट मफसलका फोटोपत्रकारहरुलाई विषेश महत्व दिदै फोटो पत्रकारिता पेशालाई जीवनभर अंगालेर हाल निवृत्त जीवन व्यतित गरिरहेका अग्रज फोटो पत्रकार गुरुहरुलाई समेत सम्मान गर्ने आयोजकले जानकारी गराए ।

राष्ट्रिय फोटो पत्रकार समूहका आजिवन सदस्य हरि गोपाल प्रधानले स्थापना गरेको विभिन्न ५ विधाका हरिगोपाल प्रधान पुरस्कार पनि स्वही अवसर पारी तिरण गर्ने समेत संयोजका वन्तले जानकारी गराएका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक