Wednesday 21st April 2021

नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ ‘‘तेस्रो’’

प्रकाशित मिति: २०७६, ६ बैशाख शुक्रबार २१:५२

काठमाडौं,  राष्ट्रिय फोटोपत्रकार समूहद्धारा आयोजना गरिएने राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७५ ‘‘तेस्रो’’ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” रहने छ ।साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपल लाइफ इन्स्योरेन्सको नामबाट नै वितरण गरिने भएको छ ।आज कमलादी स्थीत नेपाल लाइफ इन्स्योरेन्सको कार्यालयमा आयोजक संस्थाका महासचिव एवम् कार्यक्रम संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच औपचारिक रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार नगद सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ ।उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड होटल अन्नपूर्ण दरबार मार्गमा यहि बैशाख १३ गते  विषेश कार्यक्रम आयोजना गरि बितरण गरने छ ।उक्त कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड, नेपाल टेलीकम डेली लाइफ फोटोपत्रकारिता अवार्ड, पन्चकन्या ग्रुप आर्थिक फोटोपत्रकारिता अवार्ड, थाहा अध्ययन प्रतिष्ठान राजनैतिक फोटोपत्रकारिता अवार्ड, लगायत विभिन्न अन्य अवार्डहरुमा आइएमईग्रुप, नेपाल एयरलाइन्स, इसेवा, देउराली जनता, नेपाल चेम्वरअफ कमर्स , होटलअन्नपूर्ण, रुस्लान म्यूजीक लगायतको सहयोग रहेने छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक