काठमाडौं, २८ असार । मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै कुल संक्रमित संख्या १६ हजार ८ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता गौतमले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ५ सय ८९ जना घर फर्केका छन् ।