Wednesday 3rd March 2021

(एनएफपीजे नेपाल)का उपाध्यक्ष तेज बस्नेत ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मानित ।

१७ जनालाई गर्यो गन्तव्य नेपालले ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान ।

प्रकाशित मिति: २०७७, २ श्रावण शुक्रबार २०:२९

No description available.काठमाडौं– कोरोना महामारीका वेला समाजका विभिन्न क्षेत्रमा रहेर सक्रिय योगदान पुर्याउने १७ जनालाई गन्तव्य नेपालले ‘कोरोना डिफेन्स अवार्ड २०२०’बाट सम्मानित गरेको छ ।

No description available.

यसरी सम्मानित हुनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शी, नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठक, सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालगायत १७ जना छन् । सम्मानित हुने अन्यमा कामपा वडा–३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरु तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरी कितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ताहरु क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकारहरु रामजी बगाले, शिव देवकोटा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे नेपाल)का उपाध्यक्ष तथा बरिष्ठ फोटो पत्रकार तेज बस्नेत छन् ।

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा शुक्रबार नक्सालमा अवार्ड वितरण कार्यक्रम आयोजना गरिएको थियो । संघीय सांसद बहादुरसिंह लामा, बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, अवार्ड छनोट समितिका संयोजक रामशरण थपलियासँगै गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले देशभरबाट छनोटमा परेका १७ सामाजिक अभियन्तालाई अवार्ड प्रदान गरे ।

यसअघि, अवार्ड पाउने व्यक्तित्वहरुको छनोटका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा नेपाल एयरलाइन्सका सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी गोपाल बाबु श्रेष्ठ, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मिलित पाँच सदस्यीय अवार्ड छनोट समिति गठन गरिएको थियो ।

बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ प्रदान गरिएको छ । उनले ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरी जारी महामारीबीच ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएका थिए । उनले देशभरका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, कारागार, सुरक्षाकर्मी, पत्रकारलगायतलाई स्वास्थ्यसामग्री वितरण गरेका थिए ।

नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरियो । उनीहरुले महामारीका वेला गाउँगाउँमा स्वास्थ्य सामग्री वितरणलगायत उल्लेख्य योगदान गरेका थिए । अन्य १४ जना ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा। भट्टराईले रोगसँग डराएर घर बस्दा भोकले मरिने र भोकलाई जित्न बाहिर निस्किँदा रोगले मरिने खतरा रहेको भन्दै यो संवेदनशील घडीमा निकै संयमित र होसियार भएर सावधानीका उपाय अपनाउँदै पेसा–व्यवसायमा फर्किन सुझाब दिए । उनले संवेदनशील अवस्थामा पनि कुर्सीको चक्करमा रुमल्लिएर समय बर्बाद गरेको भन्दै आफु पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाए छ भनि सरकारको आलोचना समेत गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक