ललितपुर – कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासनले निधेषधाज्ञा जारी गरेको अवस्थामा स्थानीयहरुले जबरजस्ती रातो मछिन्द्रनाथको रथ तान्न खोजदा , स्थानीयको प्रयासलाई प्रहरीले रोकेपछि ललितपुर, पुल्चोक स्थीत दुई पक्षबीच दिनभर जस्तै झडप भएको छ ।
स्थानीयहरुले रथ तानिरहेका बेला प्रहरीले हस्तक्षेप गरेर तितर वितर बनाएको भीड फेरि थप संख्यासहित रथ तान्न जुटेपछि पुल्चोक क्षेत्र आसपास रणमैदान जस्तै बनेको थियो। प्रहरीले भीड नियन्त्रण गर्न लाठी, अश्रुग्यास र पानीको फोहोराले प्रहार गरेपछि जवाफमा स्थानीय नेवार समुदायका युवाहरुले ढुंगामुढा, गुलेलीले पेट्रोल बम समेत आक्रमण गरेका थिए ।
प्रहरीमाथि घरको छत छतबाट समेत घरेलु वस्तुहरुले आक्रमण गरिएको प्रहरीले जनाएको छ । दोहोरो झडपका क्रममा आक्रोशित भीडले प्रहरीमाथि सामूहिक आक्रमणसमेत गरेर केही प्रहरीहरुलाई गम्भीर घाइते बनाएको जानकारी प्रहरीले दिएको छ भने प्रर्दशनकारी तर्फ पनि केही घाइते भएका छन्।
घटनाको फोटो तथा भिडियो खिच्न पुगेका केही पत्रकारसमेत घाइते भएका छन्। ।