२०७८, ३० बैशाख बिहीबार

Thursday 13th May 2021

ललितपुर महानगरपालिमा कर्फ्यू, उल्लंघन गरे गोली हान्ने चेतावनी

प्रकाशित मिति: २०७७, १९ भाद्र शुक्रबार ११:०४

काठमाडौँ – ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र बिहानै देखि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । आज शुक्रबार बिहान ४ बजेदेखि सुरु भएको कफ्र्यू राति १० बजेसम्म जारी रहने भएको छ ।

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबीच विवाद भै दिनभरिनै भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाको रिङ्गरोड भित्रीभागमा कफ्र्यू लगाउने निर्णय बिहीबार साँझ नै गरेको थियो ।

कफ्र्यू जारी भएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि घर बाहिर निस्कन दिएको छैन । अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई समेत चेकजाँचमा कडाई गरिएको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

बिहीबार रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै पटक पटक झडप भएको थियो ।

कफ्र्यू जारी भएको क्षेत्रमा घरबाट बाहिर निस्केमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक