काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित निको भै डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेको छ । क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन्।
यस्तै काठमाडौँमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना गरि काठमाडौँ उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।