२०७८, २९ बैशाख बुधबार

Wednesday 12th May 2021

काग्रसको बैठक राख्दै नेकपाको तमसा हेर्दै गर्ने रणनिती ।

प्रकाशित मिति: २०७७, १८ पुष शनिबार २१:५१

काठमाडौँ – संसद विघटनबारे छलफल गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि निरन्तर बस्ने भए पनि तत्काल कुनै निर्णय नगर्ने भएको छ।

प्रतिनिधिसभा विघटनमा सभापति शेरबहादुर देउवाको मिलोमतो भएको आरोप लागेको अवस्थामा संस्थापन पक्षले त्यसलाई बल पुग्ने गरी केन्द्रीय समितिको बैठक लम्ब्याउने तथा ठोस निर्णय नगर्ने योजना बनाएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने बताइ रहे पनि संस्थापन पक्ष भने सर्वोच्च अदालतको निर्णय कुर्ने बहानामा ‘छलफल गर्ने तर निर्णय नगर्ने’ रणनीति तय गरेको हो।

पौडेल पक्षधरले संसद विघटन असंवैधानिक भएकाले त्यसबारेमा कांग्रेसले सडक आन्दोलनको समेत नेतृत्व गर्नुपर्ने बताइ रहेको छ। तर संस्थापन पक्ष भने घोषित मध्यावधी चुनावलाई अवसरका रुपमा प्रयोग गर्नुपर्ने भन्दै केन्द्रीय समिति बैठकमा छलफल गर्ने तर कुनै पनि निर्णय भने नगरी लम्ब्याएर जाने रणनितीमा पुगेको छ ।

सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले आइतबारदेखि केन्द्रीय कार्यसमितिको बैठक फेरि सुरु हुने भए पनि सर्वोच्चको निर्णय नआएसम्म कुनै निर्णय नहुने बताएका छन् । उनले भने, ‘हाम्रो बैठक लम्बिन सक्छ । भर्खर १२र१३ जनाले मात्र बोल्नुभएको छ । बैठकमा सबैले बोल्न खोज्नु भएकै छ । सर्वोच्चको आदेश नआउनुजेल बैठक निरन्तर अगाडि चलिरहन्छ ।’

संस्थापन पक्षको यस्तो रणनीतिप्रति असहमति राख्दै पौडेल पक्षले यसअघि पुस ७, ८, ९ र १० गते भएको बैठकमै प्रतिवाद गरेको थियो। बैठकमा श्री ष नेताहरुबीच नै आरोप प्रत्यारोप र भनाभन समेत भएको थियो।

संसद विघटनविरुद्ध परेका रिटहरुको एकमुष्ट सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले आइतबारसम्म विपक्षीहरुलाई उक्त विषयसँग सम्बन्धित सम्पूर्ण सक्कल फाइल उपलब्ध गराउन र कारण पेश गर्न आदेश दिएको छ । त्यसपछि पुस २२ गतेदेखि रिटमाथि निरन्तर सुनुवाइ गर्न संवैधानिक इजलासले आदेश दिएको छ।

कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध गत १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रर्दशन समेत गरेको थिया े। विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रारम्भिक रुपमा ‘असंवैधानिक, निरङ्गकुस’ भन्दै विरोध जनाए पनि अब थप विरोध नहुने संस्थापन पक्षका अर्का एक नेता बताउँछन्। ।

उनले पत्रकारसँग भने, ‘हामीले विरोध जनाइ सक्यौं। राजनीतिक हिसाबले यसले कांग्रेसलाई निकै फाइदा पु¥याउनेछ । त्यसैले अब विरोधका थप कार्यक्रम आउँदैन ।’ उनले कांग्रेस सर्वोच्चको आदेश नआएसम्म नेकपाका दुई समूहको संघर्षलाई रमिता हेरेर मात्र हो भनेर बताए ।

‘नेकपाले जनमत पाए पनि त्यसलाई सही तरीकाले सदुपयोग गर्न सकेन । अहिले एउटा पक्ष सरकारमा अर्को पक्ष सडकमा पुगेर आन्दोलन गरिरहेको छ । यो रमिता त कांग्रेसले हेर्नु नै प¥यो नि होइन ? संस्थापन पक्षका ती नेताले भने ।

नेता श्रेष्ठ सर्र्वाेच्चको आदेश नआइ कांग्रेसले गर्ने निर्णयको अर्थ नहुने समेत दाबी गर्छन्।

‘आखिर सर्र्वोच्चले विघटन बदर भन्यो भने पुनस्थापन हुन्छ । सदर भन्यो चुनावमा जानुपर्छ, उनी अगाडि भन्छन्, ‘कांग्रेसका लागि चुनाव त गोल्डेन अवसर हो नी ।’

नेकपाको दाहाल–नेपाल पक्षले आन्दोलनमा कांग्रेसका साथ खोजे पनि उसले कुनै प्रतिक्रिया नदिएपछि शनिबार एकपक्षीय रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विघटनपछि दाहाल नेपाल पक्षले कांग्रेसलाईसँगै सडकमा ल्याउने कोसिस गरेता पनि असफल भएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक