Wednesday 21st April 2021

नेकपा एकता भंग को पुनरावलोकन निवेदनको सुनुवाई आज हुदै प्रधानन्यायाधीशसहितको इजालास

प्रकाशित मिति: २०७७, १९ चैत्र बिहीबार ११:४२

काठमाडौँ – नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनको सुनुवाई बिहीबार हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूहितको पूर्ण इजलास बनाएका छन् । इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना पनि छन् ।

नेकपाको नाम सम्बन्धी मुद्दाको फैसला दिने क्रममा गएको फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।

सो फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको मंगलबार सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेका थिए ।

एकता भंग गर्ने फैसला कानूनी नभई सर्वोच्चको राजनीतिक निर्णय रहेको माओवादी केन्द्रले उल्लेख गरेको छ ।

सर्वोच्चले एमाले र माओवादीको एकताबाट बनेको नेकपालाई बदर गरि निर्वाचन आयोगमा पहिले नै दर्ता भएको ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई वैधता प्रदान गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक