२०७८, ३१ भाद्र बिहीबार

Thursday 16th September 2021

२८ जना सांसद अनुपस्थित, प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्,

प्रकाशित मिति: २०७८, २७ बैशाख सोमबार २१:३७

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका छन्।

प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।

विश्वासको मतका लागि १३६ चाहिने भए पनि ओलीले त्यो प्राप्त गर्न सकेनन्। विश्वासको मत प्राप्त नभएसँगै ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन्।

ओलीको विपक्षमा १२४ मत खसेको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरे।

संसद माधव नेपाल पक्षले बहिस्कार गरेको छ। नेपाल पक्षका २८ जना सांसदहरुले सामूहिक रुपमा ह्वीप उल्लंघन गर्दै अनुपस्थित भएका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मत दिएका छन्। जसपाको महन्थ ठाकुर पक्ष भने तटस्थ बसेको छ। तटस्थमा १५ जना सांसदले मतदान गरेका छन्।

एमालेको नेपाल पक्ष अनुपस्थित र जसपाका सांसदहरुले दुई लाइनमा मत दिएपछि दुवै दल पनि औपचारिक विभाजनको प्रक्रियामा प्रवेश गरेका छन्।

यही वैशाख १९ गते प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि सोमबार (आज) प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। ओलीले २०७४ साल फागुन २७ गते गठबन्धन सरकारका रुपमा विश्वासको मत प्राप्त गरेका थिए।

ओलीले विश्वासको मत नपाएसँगै अब नयाँ सरकार गठनको ढोका खुलेको छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक