२०७८, ९ असार बुधबार

Wednesday 23rd June 2021

जेठ १३ सम्म लम्ब्याइयाे काठमाडौँ उपत्यकामा निषेधाज्ञा

प्रकाशित मिति: २०७८, २८ बैशाख मंगलवार २०:२३

काठमाडौँ – काठमाडौँ उपत्यकामा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

उपत्यकामा वैशाख १६ गतेयता निषेधाज्ञा जारी छ। कोरोना भाइरसको संक्रमण थप बढ्दै गएकोले नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो।

बैठकले निषेधाज्ञा थप कडा पार्ने निर्णय पनि गरेको छ। राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय  बैठकले गरेको छ।

यस्तै पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय बैठकले गरेकाे छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक