काठमाडौँ- शुक्रबार एकैदिन देशभर १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार काठमाडौँ उपत्यकामा २ हजार ४४७ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा १ हजार ७ सय ५२, भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना संक्रमित थपिएका हुन्।
गत चौबीस घण्टामा ७ हजार ८ सय ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यसअघि बिहिबार ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए। देशभर १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेका छन्।