२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

हिन्दूहरु उर्दू र अरबी भाषा पढ्दै पाल्पामा

प्रकाशित मिति: २०७३, १८ पुष सोमबार १०:४४

रामपुर (पाल्पा) मुस्लिम समुदायका लागि मात्र स्थापना भएको रामपुर नगरपालिका–६ इस्लामपुरमा रहेको मदरसा नुरुल हुँदा अहले सुन्नत प्राथमिक विद्यालयमा हिन्दू समुदायका बालबालिका पनि पढ्ने गरेका छन् ।

मुस्लिम समुदायको भाषा संरक्षण गर्नका लागि स्थापना विद्यालयमा हिजोआज हिन्दू समुदायका बालबालिकाले उर्दू र अरबी भाषा सिक्दैछन् । सामाजिक मेलमिलाप, जातीय विभेदको कम हुँदै जाँदा हिन्दू समुदायका बालबालिका उर्दू र अरबी भाषामा आकर्षित भएका हुन् । यस आर्थिक वर्षमा विद्यालयमा ४५ जना विद्यार्थी भर्ना भएकामध्ये १० विद्यार्थी हिन्दू समुदायका छन् । २०६७ सालमा स्थापना भएको विद्यालयमा कक्षा बालविकासदेखि कक्षा ३ सम्म मात्र पठनपाठन हुने गर्दछ ।

मुस्लिम समुदायको जनघनत्व बढ्दै गएपछि उर्दू र अरबी भाषा सिकाउने उद्देश्यले यहाँ विद्यालय स्थापना गरिएको हो । यस विद्यालयमा दुईजना दरबन्दी र चारजना निजी स्रोतका शिक्षक रहेका छन् । यहाँ मुस्लिम समुदायभन्दा अन्य समुदायका बालबालिकालाई विद्यालयबाट प्रदान गरिने छात्रवृत्ति, शैक्षिक सामग्री वितरणमा बढी प्राथमिकता दिएर वितरण गरिँदै आएको प्रधानाध्यापक नागेन्द्र काफ्लेले बताए।
मुस्लिम समुदायभन्दा बाहिरका बालबालिकालाई उर्दू र अरबी भाषा सिकाइमा केही समस्या हुने गरेको उर्दू र अरबी भाषाका शिक्षक अब्दुल जब्बारले बताए। “बालबालिकाले जिज्ञासु रुपमा सिक्न खोजे पनि दोस्रो भाषाका रुपमा उर्दू र अरबी भाषा सिक्ने र सिकाउनेलाई पनि कठिन हुने गरेको छ”, उनले भने। यहाँ कक्षा बालविकासमा २५, कक्षा १ मा तीन,कक्षा २ मा १२ र कक्षा ३ मा सातजना विद्यार्थी रहेका छन् ।
सामाजिक मेलमिलाप शिक्षा र चेतनाको विकास बढ्दै गएपछि हिन्दू समुदायको पनि बिस्तारै उर्दू र अरबी भाषामा आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका सदस्य हलिमा खातुनको भनाइ छ । रासस


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक