२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

धुम्रपानबाट मृत्यु हुनेको संख्या वार्षिक ८० लाख !

प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:२२

विश्व स्वास्थ्य संगठन (डब्लुएच्ओ) ले सन् २०३० सम्ममा विश्वव्यापी रुपमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या अहिलेको भन्दा एक तिहाइले बढ्ने अनुमान गरेको छ । साथै विश्व अर्थतन्त्रमा धुम्रपानको लागत वार्षिक दश खर्ब अमेरिकी डलर भन्दा बढी रहेको जनाएको छ ।

सुर्तीजन्य पदार्थको बेचबिखनबाट संकलन हुने यो रकम विश्वव्यापी रुपमा संलकल हुने कुल करभन्दा धेरै गुणा उच्च छ, जुन विश्व स्वास्थ्य संगठनले सन् २०१३-१४ मा जम्मा २६९ विलियन अमेरिकी डलर रहेको आंकलन गरेको थियो ।
विश्व स्वास्थ्य संगठन र नेशनल क्यान्सर इन्टिच्यूटले गत मंगलबार प्रकाशित गरेको अध्ययनले न्युन तथा मध्य आयस्रोत भएका देशहरुमा सन् २०३० सम्ममा धुम्रपानबाट मृत्यु हुनेको संख्या वार्षिक ६० लाखबाट बढेर ८० लाख पुग्ने अनुमान गरेको हो ।

विश्वको कुल जनसंख्यामध्य धुम्रपान गर्ने करिब ८० प्रतिशत जनसंख्या न्युन तथा मध्य आयस्तर भएका देशहरुमा बस्ने गर्छन्, र विश्वस्तरमा धुम्रपान गर्ने जनसंख्यामा कमी आएपनि धुम्रपानकर्ताहरुको संख्यामा भने वृद्धि हुादै गएको अध्ययनले जनाएको छ ।

विज्ञहरुका अनुसार सुर्तीजन्य पदार्थको प्रयोग विश्वमा रोकथाम गर्न सकिने मृत्युको ठूलो कारकमध्यको एक हो ।

‘वर्षेनी दश खर्ब अमेरिकी डलर बराबरको रकम स्वास्थ्य उपचारमा खर्च हुनु र उत्पादकत्व घट्नुमा यो उत्तिकै जिम्मेवार छ’, ७० भन्दा बढी स्वास्थ्य विशेषज्ञहरु सम्मेलित सामुहिक समीक्षात्मक अध्ययनमा भनिएको छ ।

सुर्तीजन्य पदार्थले हुने आर्थिक खर्च वृद्धि हुने क्रममा छ । यद्यपी सरकारले सुर्तीजन्य पदार्थको प्रयोग तथा मृत्युदर घटाउन आवश्यक उपाय अपनाए पनि धेरैजसो उपकरणको प्रभावकारी प्रयोग भएको पाइएको छैन’, ६८८ पन्ना लामो रिपोर्टमा भनिएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक