२०७८, ३ कार्तिक बुधबार

Wednesday 20th October 2021

हुँदैछ याहु युगको अन्त्य, याहु बदलिएर अल्बाटा बन्दै

प्रकाशित मिति: २०७३, ५ माघ बुधबार १०:४१

कुनै बेलाको नम्बर वान इन्टरनेट कम्पनी, इमेल तथा सर्च इन्जिनको रुपमा रहेको याहु अब इतिहास बन्दैछ । गतवर्षको जुलाईमा अमेरिकी वायरलेस कम्युनिकेसन सर्भिस प्रोभाइडर भर्जनले ४ अर्ब ८० करोड डलरमा खरीद गर्ने सहमति भएको याहुले विधिवत रुपमा आफ्नो इतिहास मेटाउँदैछ र छिटै याहुको नाम परिवर्तन भएर अल्बाटा नामबाट चिनिनेछ ।

याहुको अन्त्यसँगै यसका सिइओ मेरिसा मायरले राजिनामा दिनसक्ने बताइएको छ । वालस्टि्रट जर्नलको रिपोर्टअनुसार भर्जन मोबाइलसँगको खरिद सम्झौतायता याहुका ६ जना निर्देशकले जागिर छाडिसकेका छन् । अब यसमा मायर पनि सामेल हुनेछिन् ।
डिजिटल विज्ञापनको क्षेत्रमा आफ्नो पकड मजबुत पार्नका लागि भर्जनले याहु खरिद गरेको बताइएको छ । भर्जन कम्युनिकेसनको भगिनी कम्पनीको रुपमा एओल नामक आम संचार कम्पनी रहेको छ । जसको मातहमा द हफिंटन पोष्टका साथै टेक्नोलोजी साइट टेकक्रन्त र एनग्याजेट रहेका छन् । जबकी याहुसँग याहु फाइनान्स नामक साइट रहेको छ । यी सबैको संयोजनसँगै भर्जनसँग अब मजबुत डिजिटल विज्ञापन प्लाटर्फम हुनेछ ।

भर्जन कम्युनिकेसनले एओएल र अल्बाटालाई मिसाउनेछैन र दुबेलाई प्रतिस्पर्धी ढंगबाट अघि बढ्न दिएर फाइदा उठाउनेछ । याहुका दुई महत्वपूर्ण सम्पत्तिको रुपमा फोटो शेयरिंग साइट फि्लकर र विस्तारै लोकपि्रयता हासिल गरिरहेको माइक्रोब्लगिंग साइट टम्बलर रहेका छन् । यी दुबैको पर्याप्त विकाश गर्न सकिने सम्भावना रहेको छ । त्यस्तै याहुसँग याहु स्पोर्टस् र याहु न्यूज नामक साइट पनि रहेका छन् जुन भर्जन कम्पनीका लागि निकै लाभदायी सावित हुने पक्का छ । एजेन्सी


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक