काठमाडौं – गायक पर्शुराम रिजालको नयाँ गीतको भिडियो ‘काठै खायो धमिरैले पातै खायो किरैले’ सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठका शब्द शृजनामा राजनराज शिवाकोटीले संगीत भरेको गीतलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । पुष्पल खड्का र केकी अधिकारीलाई कुशल प्रेमी प्रेमीकाका रुपमा देखाइएको भिडियोलाई मुख्यतया युवा पुस्तालाई लक्षित गरिएको गायक परशुरामले बताए । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरलेले सम्पादन गरेका हुन् ।