२०७८, १२ मंसिर आईतवार

Sunday 28th November 2021

७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको उर्दी

प्रकाशित मिति: २०७३, १० माघ सोमबार १७:५२

काठमाडौं । बिभिन्न बहानामा कार्यालयमा अनुपस्थित भएका प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालय नक्सालले ७ दिन भित्र हाजिर हुन उर्दी जारी गरेको छ । यसपाली प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १९ जनालाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेको छ ।

‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिन भित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालयमा हाजिर हुन आउनुहोला,’ प्रधान कार्यालयद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।

अन्यथा प्रहरी नियमावली २०१७ अनुसार कार्वाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

साथै प्रधान कार्यालयले भगौडा भनिएकाहरु खोजी गर्दा समेत  नभेटिएको जानकारी गराएको छ ।

कार्यालयलाई कुनै पनि जानकारी नदिई कार्यालयमा अनुपस्थित हुने प्रहरीहरुमा भक्तपुर सूर्यविनायकका नेत्रप्रसाद घिमिरे, कपिलबस्तुका पुजारी प्रसाद गुप्ता, बाँकेका बिर बहादुर थापा, सुनसरीकी कमला चौधरी, सप्तरीका अशोक कुमार यादवलगायत अन्य रहेका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक