२०७८, १२ मंसिर आईतवार

Sunday 28th November 2021

प्रधानमन्त्रीले बोलाए स्थानीय चुनावको मिति घोषणा गर्ने तयारीका साथ् मधेसी मोर्चालाई वार्तामा !

प्रकाशित मिति: २०७३, १६ माघ आईतवार २०:३६

काठमाडौं । स्थानीय चुनावको मिति घोषणालाई लिएर सरकारको प्रमुखघटक नेपाली कांग्रेसले छिटो स्थानीय चुनाव घोषणा गर्न प्रधानमन्त्री प्रचण्डमाथि दबाव दियपछि दोहोरो दबावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई वार्तामा बोलाएका छन् । अघिल्लो मंगलबार बालुवाटारमा सत्तारुढ दल र मोर्चावीच छलफल भएको थियो ।संविधान संशोधनको विरोध गर्दै आएको प्रमुख विपक्षी एमालेले पनि चुनाव घोषणाको माग गर्दै आएको छ ।मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा चुनाव घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्देालनमा जाने चेतावनी दिएका छन् ।

मधेसी मोर्चाको बैठक बोलाएका हुन् । स्रोतका अनुसार दबावमा परेका प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान कांग्रेससहित चुनावको मिति घोषणाका लागि सहमति खोज्न मधेसी मोर्चाका नेताहरुलाई बोलाएका हुन् । सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल हुन लागेको हो ।प्रमुख दलहरुबीच माघ १५ गतेभित्र स्थानीय चुनावको घोषणा गर्ने समझदारी भएको थियो तर, सरकारलाई समर्थन गरेको मधेसी मोर्चाको दबाव र चुनावसम्वन्धी विधेयक नबन्दा सरकारले माघ १५ मा चुनावको मिति घोषणा गर्न सकेन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक