नेपालमा फुर्सद तथा विदाको समय नयाँ नयाँ गन्तव्य घुमघाम गरेर सदुपयोग गर्ने संस्कृति वढ्दै गएको देखिन्छ।काठमाडौ नजिकै रहेका र छोटोे समय भएकाका लागि काठमाडौ वरपर पर्यटकिय वसाई लम्वाउन तथा अान्तरिक पर्यटकका लागि काठमाडौ नजिकैको चिसापानी ,नगरकोट,धुलिखेल ,पनौति ,नमोवुध्द ,गोदावरिलाई समावेस गरेर वनाईएको “काठमाडौ भ्याली कल्चरल ट्रेकिङ ट्रेल “समयअनुसार काठमाडौवाट नजिकैको दुरिमा रहेर हाईकिङ तथा साईकलिङ मार्फत अन्नपूर्ण ,मनास्लू,गणेश,लाङटाङ ,दोर्जे लाक्पा,गौरिशंकर ,सरगमाथा लगायतका हिमाल र हिमालय श्रृङखलाको सुन्दर दृष्यावलोकन,ग्रामीण जनजिवन,र हरियाली वन ,वन्यजन्तु ,फाँटलाई नजिकैबाट अवलोकन गर्न सकिने मध्येमा पर्दछ।त्यसमध्येको काठमाडौ ३२ किलोमिटर पूर्व पर्ने नगरकोट (२१९५ मिटर )देखि धुलिखेलसम्म (१५५०मिटर )हाईकिङका क्रममा खिचिएका त्यसता केही दृष्यहरु हामिले यहाँ प्रस्तुत गरेका छौँ।
काठमाडौवाट भक्तपुर कमलविनायकसम्म लाग्ने सार्वजनिक यातायात र त्यसपश्चात कमलविनायक देखि नगरकोटसम्म अर्को सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ जसले यात्रालाई निकै कम लागत सम्पन्न गर्न सकिने वनाँउछ। नगरकोट पुग्नु अगावै तेलकोट झरेर सुरु भएको पदयात्रा जाल्पादेवि मन्दिरको दर्शन गर्दै नगरकोट र नगरकोट वाट धुलिखेल सम्मको गन्तव्यमा अाएर टुंगियो। त्यसक्रममा वरपर फुलेको लालुपाले,सयपत्री फुल र वाटाभरि भेटिने लप्सी खाँदै हिँड्नुको मज्जा बेग्लै छ।टेर्किङ रुटमा ठाँउठाँउमा राखिएका चिन्हले वाटो सजिलै भुल्न दिँदैन ।जसले त्यहाँ पुग्ने जोसुकैलाई पनि घनाजंगलको वाटोमा दुविधा पर्न जानेछैन।सहजै गन्तव्यमा पुग्न सकिन्छ ।यस्तो देखिन्छ दृश्यमा :
तस्बिरहरु:केशव प्रसाद पाण्डे/सरिता पाण्डे /राज खरेल/