काठमाडौं । विगत ६ महिनादेखि बन्द भएका चर्चित नेपाली हाँस्य टेलिश्रृंखलाहरु पुनः प्रसारणमा आउने भएका छन् । मिडिया हब प्रालिसँगको लेनदेन र नेपाल टेलिभिजनसँग प्रसारण हुनुपर्ने विज्ञापनको बाँकी रहेको समयमा कुरा नमिल्दा बन्द भएका टेलि सिरियलहरु तितोसत्य, मेरी बास्सै, भद्रगोल र ब्रेकफेल अर्कोहप्तादेखि प्रसारणमा आउने भएका हुन् ।विगतमा जसरी सिरियलहरु संचालनमा आएका थिए अब त्यसरी नै सिरियलहरु पुनः प्रसारणमा आउने मिडिया हबका संचालक सोम धितालले बताए ।
उनले पुरानै समय ९बार० अनुसार नै सिरियलहरु प्रसारण हुने बताए । छोटो समयमा नै चर्चित बनेको हाँस्य सिरियल ‘भद्रगोल’ शुक्रबार बेलुका ८ः५० बजे प्रसारण हुनेछ भने धुर्मुस सुन्तलीले निमार्ण गरेको ‘मेरी बास्सै’ मंगलबार बेलुका ८ः५० बजे, दीपक र दीपाद्धारा निर्मित ‘तितोसत्य’ बिहीबार बेलुका ८ः५० बजे र शिवहरी पौडेल ९मुखाँ हान्नु जस्तो र किरण केसी (राता मकै)ले निर्माण गरेको ‘ब्रेकफेल’ सोमबार राति ८ः५० बजे प्रसारण हुनेछ ।सिरियल बन्द भएपछि कलाकारहरु आ–आफ्नै काममा व्यस्त रहेका थिए । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सु्न्तली’ समाजिक सेवामा लागेका छन् भने भद्रगोलका अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ पनि समाजिक कार्यमा नै सक्रिय छन् ।