Wednesday 3rd March 2021

‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

प्रकाशित मिति: २०७३, २४ माघ सोमबार २२:१७

काठमाडौं ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीले काठमाडौंको प्रहरी प्रमुखको कमाण्ड सम्हालेको तीन दिन मात्रै भएको छ । एक साताअघि अञ्चल प्रहरी कार्यालय धौलागीरीबाट काठमाडौं सरुवा भएका जोशी प्रहरी संगठनभित्र जानेमानेकै नाम भएपनि काठमाडौंबासीका लागि भने उनी पक्कै नयाँ हुन् । यद्यपी उनीसँग इन्सपेक्टर र डिएसपी हुँदा काठमाडौंमा काम गरेको अनुभव छ ।

काठमाडौं प्रहरीको कमाण्ड सम्हालेसँगै एकाएक चर्चामा आएका जोशीले आफ्नै कार्यकक्षमा अयोजित पत्रकार भेटघाट कार्यक्रममा यसअघि आफूले गुलेली खेलाएर नबसेको उल्लेख गर्दै आरामसँग काठमाडौं चलाउने हैसियत भएको बताए ।

‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ प्रश्नात्मक शैलीमा जोशीले भने, ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन ।’

तिनै छविलाल हुन् जसका कारण लामो समय एसएसपी हरुको सरुवा रोकिएको थियो । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले छविलाललाई काठमाडौं दिन चाहेका थिएनन्, गृहमन्त्री विमलेन्द्र निधिले उनीबाहेक अन्य अफिसरको नाममा सहमति जनाएनन् ।

अन्तत सवैभन्दा चुनौतिपुर्ण र आकर्षका ठाउँको जिम्मेवारी लिन सफल छविले प्रहरी महानिरीक्षकले मन नपराउने मान्छे काठमाडौंमा टिक्न नसक्ने बताए ।

उनले भने, ‘मलाई प्रहरी महानिरीक्षले अस्विकार गरेको भन्ने कुरा गलत हो, तर मलाई रोजेकोमा गृहमन्त्रीलाई धन्यवाद !’

‘लामो समय प्रहरीमा गरेको कामको मुल्यांकन गरेरै संगठनले मलाई काठमाडौं पठाएको हो’ उनले भने, ‘मलाई अस्पताल ब्यवस्थापन समिति अथवा बाग्मतीको फोहोर ब्यवस्थापन गर्न पठाएको हैन, एसएसपीकै कुर्सीमा ल्याएको हो ।’

काठमाडौंमा आफुले कुनै फन्डावाला काम नगर्ने उल्लेख गर्दै जोशीले विभाग र योजना महाशाखाले प्रहरीले यो–यो गर्नुपर्छ भनेर बनाएको लिस्ट अनुसार काम गर्ने बताए । उनले भने, ‘सटिक अनुसन्धान हाम्रो पहिलो काम हो, राम्रो कामलाई निरन्तरता दिन्छु नराम्रो कामलाई हतोत्साहित गर्छु ।’

त्यस्तै राजनीतिक प्रशासनिक दबावको कुनै अर्थ नहुने भन्दै एसएसपी जोशीले भने, ‘दबावको डम्फु पिट्नु जरुरी छैन, हुने काम मात्र हुन्छ नाजायज कामका लागी जसले फोन गरेपनि हुँदैन ।’

आफ्नो मातहत रहेका वृतका प्रमुखहरुसँगको ब्रिफिङमा अनाहकमा कसैलाई नथुन्न निर्देशन दिएको समेत जोशीले बताए । उनले भने, ‘अनाहकमा टेष्ट गर्नकै लागि कसैलाई थुन्न हुँदैन, अबको प्रहरी हैकमवादी हैन जनताको सेवक बन्नुपर्छ ।’रातोपाटीबाट।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक