Wednesday 3rd March 2021

अाजकाल सेएरवजारमा सुनिने अनलाइन ट्रेन्डिङ के हो र यसका फाईदा बेफाइदा के के छन?

प्रकाशित मिति: २०७३, २५ माघ मंगलवार १४:५७

के हो अनलाइन ट्रेडिङ ?
अहिले शेयरको कारोबार गर्नका लागि नेपालमा तोकिएका केही ब्रोकर कम्पनीहरुको मध्यस्थताको आवश्यकता पर्दछ । नेपाल स्टक एक्सचेञ्जको निरीक्षण तथा नेपाल धितोपत्र बोर्डको नियमनमा त्यस्ता ब्रोकर एजेन्टहरु विभिन्न स्थानमा रहेका छन् र शेयर किन्न वा बेच्न चाहनेले ती एजेन्टको सहायतामा खरिद बिक्री गर्न सक्दछन् ।
त्यसको विपरीत अनलाइन ट्रेडिङ प्रणालीमा चाहिँ त्यो ब्रोकर एजेन्टको काम कम्प्युटरले गर्दछ । तपाईँ कम्प्युटर वा मोबाइलमा त्यो सफटवेयर खोलेर बस्नुहुन्छ भने त्यहाँ बजारका सम्पूर्ण सूचना, विश्लेषण र सम्भाव्यताका बारेमा समेत अनलाइनमा सूचना प्राप्त गर्न सक्नुहुन्छ र क्लिककै भरमा आफूले चाहेको कम्पनीको शेयर खरिद गर्न सक्नुहुुन्छ । हाल ट्रेडिङ फ्लोरको अवस्था रहेकोमा त्यसको काम कम्प्युटरले गर्ने हो ।

के–के छन् फाइदा ?
अनलाइन ट्रेडिङ प्रणालीका धेरै फाइदा र केही बेफाइदा पनि छन् । यहाँ केही फाइदाका बारेमा उल्लेख गरिएको छ ः
१. मध्यस्थताको प्रभावबाट मुक्त रहनुहुन्छ
ट्रेड फ्लोरमा लगानीकर्ता आफँै जाँदा त्यहाँ प्रशस्त मानिसहरु जम्मा हुने भएकाले बजारको वास्तविक अवस्था बुझ्नुभन्दा पनि हावाको भरमा त्यतै दौडिने काम बढी हुन्छ । यस्ता ब्रोकर एजेन्टहरुमा सधैँ भीड लागिरहने हुँदा त्यहाँबाट वास्तविक सूचना प्राप्त गर्न नै कठिनाइ हुने अवस्थामा अनलाइन ट्रेडिङमा एउटा कोठामा बसेर सम्पूर्ण सूचकहरुको गहन अध्ययन गर्न सकिन्छ ।
यस्तै, मध्यस्थकर्ता अर्थात् ब्रोकर एजेण्टहरुबाट समेत पर्न सक्ने केही प्रभावबाट समेत मुक्त रहन सकिन्छ ।

२. मध्यस्थता सेवा केही सस्तो हुन्छ
फ्लोर ट्रेडिङ हुँदाको अवस्थामा भन्दा अनलाइन ट्रेडिङको अवस्थामा ब्रोकर एजेन्ट कमिशनमा कमी आउन सक्छ । विश्लेषण आफँै गरिने तथा मानवीय मध्यस्थकर्ताको आवश्यकता परेमा सो सेवा लिने गरिन्छ । हाल कमसे कम ब्रोकरलाई फोन नगरी शेयर किन्न नसकिने अवस्थाको सट्टामा क्लिकको भरमा काम हुन्छ ।

३. समयको बचत हुन्छ
अनलाइन ट्रेडिङले तपाइँको समयको समेत बचत गर्दछ । बजार अध्ययन तथा विश्लेषणका लागि समेत ब्रोकर एजेण्टकहाँ जानुपर्ने अवस्थामा आफ्नै ठाउँमा बसेर अध्ययन र विश्लेषण गर्न सकिने हुँदा समयको बचत हुन्छ ।

४. भौगोलिक दूरताको अवस्था रहँदैन
अनलाइन ट्रेडिङमा शेयर बजारको अध्ययन तथा विश्लेषण, जानकारी र खरिद बिक्रीका लागि समेत कम्युटरको क्लिक नै पर्यापत हुने भएकाले यसमा असीमित सेवाग्राहीको सहभागिता रहन सक्दछ र बजार थप सम्भावना रहन्छ ।

बेफाइदा के ?
अनलाइन ट्रेडिङ प्रणालीका लागि पहिलो मुख्य कुरा प्रविधिको पहुँच हो र साथमा विश्लेषण क्षमता पनि हो । यी २ पक्षको अभावमा अनलाइन ट्रेडिङ प्रभावकारी हुन सक्दैन । लगानीकर्तामा सम्बन्धित विषयमा के कति जानकारी छ र त्यसका बारेमा विश्लेषण गर्न सक्ने क्षमता के–कति छ भन्ने कुरा महत्वपूर्ण हुन्छ र त्यस्तो क्षमता नरहने लगानीकर्ताका हकमा अनलाइन ट्रेडिङ प्रणाली लाभदायक नरहने हुन्छ ।
अनलाइन ट्रेडिङ प्रणाली समयको आवश्यकता हो र पुँजीबजारको विकासका लागि यसको आवश्यकता जरुरी छ । बजारमा असीमित व्यक्ति तथा कम्पनीको सहभागिता रहने भएकाले सीमित खेलाडीहरुको दबदबाबाट बजार मुक्त रहन सक्दछ ।यसलाई हामीले सामाजिक सञ्जालवाट लिएका हौँ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक