२०७८, ९ असार बुधबार

Wednesday 23rd June 2021

एनएफपीजेले फोटोपत्रकारहरुलाई अहिले सम्मकै ठुलो , निष्पक्ष ‘ फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ ’ प्रदान गर्ने

प्रकाशित मिति: २०७३, १६ फाल्गुन सोमबार ००:०६

राजधानीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा एनएफपीजेले आफ्नो स्थापनाको २० औं बर्षको अवसरमा आगामी २०७४ बैशाख १३ गते हुने फोटो पत्रकारिता दिवसका दिन पारी सो सम्मान प्रदान गर्ने जनाएको हो । विभिन्न छापा र अनलाईन सञ्चारमाध्यमहरुमा निरन्तर कार्यरत फोटोपत्रकारहरु र स्वतन्त्र फोटोपत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै उनीहरुलाई प्रोत्साहन गर्न विभिन्न विधामा नगद, ट्रफि, सम्मानपत्र तथा फोटो कन्र्सनका तर्फबाट थप दश हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
जसमा डिबी थापा लाइफ टाइम एचिभमेन्ट अवार्ड, फोटो जर्नालिष्ट अफ दि इयर, स्पोर्टस क्याटगोरी, श्रीधर प्रसाद आचार्य टुरिजम एण्ड कल्चर , पोलिटिकल फोटो , डेलि लाईफ, इनटरटेनमेन्ट, फिमेल फोटो जर्नालिजम, प्रोभेन्सियल (मोफसल) फोटोजर्नालिस्ट, अनलाईन फोटोजर्नालिजम, एनएफपीजे एक्टिभ मेम्बरलगायतका विधा छुट्याइएको एनएफपीजेले जनाएको छ ।
अवार्ड छनोटमा छापामाध्यमका सम्पादक, अनलाईन न्युज पोर्टलका सम्पादक, एनएफपीजेका अध्यक्ष, बरिष्ठ फोटोपत्रकार तथा एनएफपीजेका बरिष्ठ सल्लाहाकार रहनेछन् । त्यस्तै अवार्डमा सहभागि हुन छापामाध्यममा कम्तिमा एक बर्ष र अनलाईनको हकमा ६ महिना काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ । उत्त समारोहको प्रमुख अतिथि प्रधानमन्त्री रहनुहुने र यसका अलावा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु सो कार्यक्रममा उपस्थित हुने समेत जानकारी गराएको छ । सो कार्यक्रम अवधिभर ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती, हास्यव्यंग्य तथा फोटोपत्रकारिताका दुःखसुख झल्कने नाटक समेत प्रस्तुत गर्ने एनएफपीजेले जनाएको छ । बैशाख १३ गते भद्रकालीस्थित आर्मी अफिस्र्स क्लवमा आयोजना हुने सो विशेष समारोह कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । सो विशेष समारोह कार्यक्रम को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने सो समारोहका संयोजक तथा एनएफपीजेका सचिव प्रदिप राज वन्तले जानकारी गराए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक