२०७८, ३१ भाद्र बिहीबार

Thursday 16th September 2021

तराई मधेस बहस!

  नुमनाथ प्याकुरेल

प्रकाशित मिति: २०७३, ७ चैत्र सोमबार १२:२९

  नुमनाथ प्याकुरेल

तराई मधेसको बासिन्दा भएकाले मधेसको सामजिक संरचना, पछिल्लो सामाजिक रूपान्तरण र तातेको मधेस राजनीतिमा मेरो पनि हिस्सा छ। तराईमधेस भूगोल हो राष्ट्रियता हैन। तराईमधेसको संरचना सिमावर्ती समुदाय र पहाडी समुदायको बसाईसरईबाट निर्मित बहुभाषी, बहुसंस्कृति, बहुधार्मिक, बहुजाति, बहुजनजाति मिश्रित विभिदतापूर्ण भूगोल हो। तराईमधेसको राजनीतिक जटिलता कृतिम हो, अधिकारको जटिलता स्वभाविक हो र सामाजिक सांस्कृतिक जटिलता ऐतिहासिक हुन्। वर्तमान तराईमधेसको जटिलता अधिकारको सङघर्ष त हुँदै हो तर अदृश्य रूपमा भागबण्डा र छिमेकी राष्ट्रको दीर्घकालीन योजना र रणनीति मिश्रित पनि हो। यसै शृङखलामा पहाडबाट बसाईसराइ गरेर तराईमधेस पुगेका समुदायले आफूलाई मधेसी भएको दाबी गर्नु तर रैथाने मधेसीका नजरमा तिनीहरु पहाडे ठहरिनु त्यसैगरी सिमावर्ती भारतीय भूगोलबाट बासाईसराई गरेर नेपाल प्रवेश गरी अङगीकृत नागरिकता लिएका समुदायले पनि मधेसी रहेको दाबी गर्नु तर पहाडी मूलका मधेसी समुदायबाट सन्देह गरिनु जटिलताका अन्य आयामहरू हुन्।

नेपाल र भारत धार्मिक दृष्टिकोणबाट समान छन्। सांस्कृतिक दृष्टिकोणले तराईमधेस र सिमावर्ती भारतीय भूमी समान छन्। वर्तमानको स्थिति अलग छ। ऐतिहासिक पृष्ठभूमिलाई नियाल्ने हो भने, सिमावर्ती भारतीय भूमीका नागरिक भारतीय मूलका नेपाली हुन् कि नेपाली मूलका भारतीय हुन्, यकिनका साथ भन्न गाह्रो छ। राज्यको अवधारणा धेरै पुरानो भए पनि नागरिकता वितरण गरी राजनीतिक नागरिकको पहिचान दिएको इतिहास धेरै पुरानो छैन। राजनीतिक सीमाको आधारमा छुट्ट्याउने हो भने नेपाल भारत सीमा वारिपारी बस्ने नागरिक दुई देशका नागरिक हुन्। सामाजिक-सांस्कृतिक दृष्टिकोण बाट हेर्ने हो भने दुवैमा कुनै भिन्नता छैन। नेपालको एकीकरण अभीयान पछि सुगौली सन्धीबाट निश्चित तथा उपहार स्वरूप प्राप्त पश्चिम तराईका चार जिल्ला सहित चुरे क्षेत्र सम्मको समथर भूभाग तराइमधेस हो। त्यसै गरी तराईमाधेसको  संन्दर्भमा व्रिटिशकालीन भारत एकीकरण पछि सुगौली सन्धी तथा उपहार स्वरूप सुम्पिएको नेपालका चार जिल्ला वाहेक नेपाली सीमा सँग जोडिएको समथर भूमि सिमावर्ती भारत हो।

दुई देशका राजनैतिक नेतृत्वले बर्षौँ अघि सीमाना निश्चित गरी सिमावारीका लाई नेपाली र सिमापारिका लाई भारतीयको पहिचान दिइयो र त्यसै किसिमाले राज्य श्रोत, साधन तथा अधिकार वितरण गरियो। यध्यपी सिमावर्ती जनसमुदायलाई त्यस्तो विभाजनले कहिलै अलग्याएन। सामाजिक-संस्कृतिक अन्तर्कृया तथा विनिमय प्रक्रिया निरन्तर चलि रह्यो। एकाध घटना बाहेक तिनीहरू लाई हामी छुट्टै देशका नागरिक हौ भन्ने भावनाको बिकास कहिलै भएन। वसाईसराई तथा वैवाहिक सम्बन्धबाट सुरु भएको सामाजिक-संस्कृतिक गतिशीलताका कारण यताका आफन्ती र उताका पराई भन्ने पनि कहिलै लागेन। जीवन निर्वाध चलिरहेको थियो। समयको चक्र बदलिँदै उपनिवेशवाद, विश्व सामन्तवाद, क्षेत्रीय विस्तारवाद जस्ता पूजिँवादी अवधारणा विकसित हुँदै जाँदा, ठूला तथा शक्तिशाली राष्ट्रहरूले आफूवरपरका छिमेकी राष्ट्रहरूप्रति नजर लगाउने क्रममा भारतीय नजर नेपालमा पर्नु चानचुने कारण थिएन। भारतीय राजनीतिक सीमान विस्तार गर्दै साम्यवादी चीनको प्रभुत्व न्युनीकरण गर्न नेपालको भूमि प्रयोग गर्ने भारतीय स्वार्थ र चीनतर्फको सम्वन्ध सुदृढ गर्दै नेपाल बिरुद्ध भारतीय स्वार्थ न्युनीकरण गर्न नेपाल ले तराईमधेसमा आफ्नो उपस्थिति वलियोपार्ने स्वार्थको चपेटामा छ तराईमधेस र तराईमधेसी जनता। राजनीतिक स्वार्थ र दीर्धकालीन रणनीति सहित नेपाल प्रवेश गरेका थोरै लोभीपापी मानिसहरु ले सयौं सताब्दीदेखि प्रेम, सद्भाव, सहृदयतापूर्ण ढंगले वसिरहेका इमानदार नागरिकहरूको दिमागमा पहिचान र अधिकारको नाममा पाहाडिमूलका नेपाली प्रति विरोध, घृणा, विभेद तथा निषेधको विष भर्दै गए। त्यस्तै कार्य तराईमधेस तथा तराईमधेसी जनतासँग पहाडी समुदायले गर्यो।

सिमावर्ती भूगोलबाट तराईमधेसमा वसाईसराइ गर्ने प्रवृति नयाँ र नौलो होइन। त्यसैगरी नेपालकै भूगोल तराईमधेसमा पहाडी समुदाय वसाईसराइ गरेर जानु अस्वभाविक पनि होइन। सिमावर्ती भुगोलमा पनि जाति/जनजातिगत बिभितता बढ्नु स्वभाविक हो। हजारौं बर्षको इतिहास साक्षी छ। मधेसी तथा पहाडी मूलका बहुजाति, बहुजनजाति, वहुभाषी, बहुसांस्कृतिक तथा बहुलवादी समुदाय एउटै भूगोलमा मिलेर बसेको। राजनीतिक स्वार्थ र दीर्घकालीन रणनीति बुझेपछि आज आएर नाकको आकार, आँखाको प्रकार तथा छालाको रंगको आधारमा यौटै राजनीतिक भूगोलका नागरिकहरु लाई कृतिम स्तरीकरण गरी एउटालाई शासक र अर्कालाई शासित भनी नश्लिय घृणाको विष रोप्ने स्वार्थी जत्था पहाडमा पनि छन् तराईमा पनि छन्। तरईमधेसको राजनीतिक विशिष्टता भनेको यताको नागरिकाता स्वीकार गरेपछि यही देश र माटो प्रति प्रेम, सदभव र समर्पण राख्नु पर्दछ। न कि सङ्कीर्ण स्वार्थका लागि निश्वार्थ जनतालाई ढाल बनाएर पराइको अभीष्ट पुरा गर्ने परजीवी। त्यसै गरी एकखले पहाडी स्वार्थी समूह जो आफूलाई खास राष्ट्रवादी भनी टोपल्छ उसका नजरमा कालो छालाको रंग भएका, हिन्दु तथा अन्य जाति, जनजाति जसको सामाजिक संरचना तथा सांस्कृतिक अभ्यास सिमावर्ती समुदायसँग मिल्छ तिनलाई नागरिक त के मानिसकै दर्जा दिन पनि सङ्कोच गर्दछ।

इतिहासको विभीन्न कालखण्डमा नेपाल तथा भारतको सिमान थपघट भै रँहदा न तराइमधेस नेपाल मै, न सिमावर्ती भूमि भारत मै थियो। तराईमधेस र सिमावर्ती भूगोलको स्वतन्त्र इतिहास भएकाले आफ्नो छुट्टै र अखण्ड अस्तित्व थियो। आज राष्ट्रियता फरक छ, राजनीतिक स्वार्थ फरक छ, सामरिक महत्तव बेग्लै छ, आर्थिक, वैदेशिक, कानुनी, वैचारिक महत्त्व विशिष्ट  भएकै कारण भारतीय स्वार्थ तराई हुँदै सम्पूर्ण नेपाल आफ्नो अधीनमा राख्न चाहन्छ। तराईमधेसका नागरिकको शसक्तिकरण, उत्थान र विकासका लागि न तत्कालीन भारतीय संस्थापन पक्षको चासो हो, न नेपाल सरकार आप्रवास लाई निरुत्साहित गर्न सिमावरपर विकास र समृद्धि चाहन्छ। निरन्तर अस्थिरताका नयाँ बाखेडा सृजना गरेर नेपाललाई आन्तरिक झमेलामा व्यस्त गर्दै आफ्ना दीर्घकालीन लक्षहरु पूरा गर्न भारतीय संस्थापन पक्ष व्यस्त छ। यसै उपक्रममा मधेसवादि राजनीतिक नेतृत्व दिल्लीको पृष्ठपोषणमा काठमाण्डौको स्वाभिमान गिराई आफ्ना अधिकार खोस्न चाहन्छ। राष्ट्र निर्माणको शताव्दी लामो इतिहासमा राष्ट्रको मूलधार निर्माण गर्न नसकेर यौटै राजनीतिक व्यवस्थामा पनि एक सरकारको निर्णय अर्को सरकारले स्वामित्व लिन नचाहेर आपसआपस मै लड्न र  भीड्न तल्लिन लोकतान्त्रीक शक्ति देशमा हावी भइ रहनु यौटा स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्रको दुर्भाग्य हो।

विश्व इतिहासमा नजर लगाउने हो भने, हामी गन्तव्यहीन यात्रामा निरन्तर हिँडिरहेका छौं। हाम्रा हजारौं युवा भारत-गोरखा आर्मीमा भर्ती छान्। लाखौ नेपाली जनता विभिन् पेसा, व्यवसाय तथा रोजगरका लागी भारतमा आश्रित छन। लाखौँ नेपाली युवा-युवतीको विवाह भारतमा भइ वैवाहिक नातेदारीको फैलावट व्यापक र विस्तारीत छ। त्यस्तै भारतीयहरु त्यतिकै संख्यामा विभिन् पेसा व्यवासाय गर्ने उद्श्यले नेपालमा छन र सिमावर्ती भारतीय नागरिकको वैवाहिक नाता पनि त्यति नै विस्तारित र व्यापक भएको वर्तमान सामाजिक सांस्कृतिक जटिलत न दिल्लीका राजनितिक ठेकेदारले वुझ्दछन्, न काठमाण्डौका राजनितिक ठेकेदारहरुले महासुस गर्दछन्। याही होडवाजीमा माधेसी मोर्चाको घृणामा आधारित शृङखालाबद्ध आन्दोलन, तत्कालीन माओवादी, नेपाली कांग्रस तथा एमालेकै प्रेरणाको परिणाम भए पनि ठिक, सहि र आवश्यक हो भन्न सिकिन्न। घृणा र हिंसामा आधारित यिनका हुन अथवा उनका तथाकथित आन्दोलानहरुले सधै आफ्नालाई रुवाएर पराई हँसाइ रहेका छन्।

 तराईमधेश र सिमावर्ती भूगोलको राजनीती त्यति सजिलो छैन। नेपाल भारत सम्वन्धका दुई महत्वपुर्ण आयामहरु छन्: प्रथम स्वतन्त्रता र स्वार्वभौम सत्ता सम्पन्न राष्ट्रको कठोर राजनैतिक सम्बन्ध र द्वितिय रोटिबेटिको उदार भावनत्मक सम्बन्ध। यी दुई आयामहरु मध्ये पहिलो प्रधान हो तर पहिलो लाई कम र दोश्रो लाई बढि महत्व दिइएको छ।  जटिलता लाई सामान्यीकरण गरेर गरिने आन्दोलन आधिकारका लागि हुन अथवा भागवण्डाका लागि, संवेदनशीलाता लाई आत्मसात नगर्दा समस्या पर्ने आम नेपाली लाई नै हो। भागवण्डा नमिल्दा क्रान्तिकारी र मिलेपछि अधिकार रद्दीको टोकरिमा फाल्ने राजनीतिक नेतृत्व पहाडका हुन् अथवा तराईमधेसका तिनको पुस्तान्तरण भए कै छैन।

बहुदलीय प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्रको यतिन्जेलको अनुभव बाट के पाठ सिक्न सकिन्छ भने, हाम्रो नेतृत्व परिवर्तन गर्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने, अरुलाई आरोप लगाएर धुलो चटाउन सक्ने तर आफू सुध्रन नसक्ने, आफ्नो आंङको भैसी नदेख्ने अरुको टाउकाको लिखा देख्ने, भ्रष्टचार लाई संस्थागत गर्न सक्ने, भागवण्डामा राष्ट्रियता बेच्न सक्ने तर राष्ट्रको मुलधार निर्माण गर्न नसक्ने  भनि गरिने निष्कर्ष तथ्यपरक नै लाग्छन्।

नितान्त अपराधिक, घृणायुक्त, प्रतिषोधपूर्ण, घ्रिणायूक्त तथा संस्थागत भ्रष्टचारलाई प्रोत्साहन गर्ने किसिमका शृङखलावद्ध घटना जनमानसले उम्लाभाचेर भन्न र गन्न सक्ने अवस्था सृजना किन गरियो? प्रेम गरिनु पर्ने मानिसलाई पटक पटक किन घ्रिणा गार्न सिकाईयो? यौटै भूगोलमा दशकौंदेखि संगै बसेका जाति, जनजाति, भाषिक तथा धार्मिक समूह बीच सामाजिक सांस्कृतिक अन्तरक्रिया गर्न के ले रोकेको छ? बाह्य स्वार्थ हावी हुँदा, हामी जनता सकृर्ण मानसिकाता लिएर, तिनको योजनामा किन प्रयोग भैरहेका छौं? नेपाल र भारत दुई स्वतन्त्र राष्ट्र हुन। ठूलो र सानो, बलियो र कम्जोर हुनु संयोग मात्रै हो। स्वतन्त्र दुई राष्ट्रवीच जुनसुकै बेला मतभेद भएर युद्ध भड्कियो भने, तराईमधेसको संवेदनशीलता कसैले अनुमान गरेको छ? हरेक जाति, जनताजिका सिमावर्ती सापेक्ष जाति, जनजाति नातेदार हुन् र छन्। द्वन्द्वलाई भड्काएर आआफ्ना स्वार्थी अभीष्ट पूरा गर्ने की? जिम्वेवार र जवाफदेही भै नागरिकको कर्तव्य पूरा गर्ने? सद्भाव र सह्रिदयता भड्काईएको वर्तमान परिपेक्षमा आम नागरिक तथा प्रत्येक तहका नेतृत्वले आआफ्नो सोच, प्रवृत्ति र व्यहार बद्लनु अनिवार्य छ।

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक