जापानमा कामको बोझ तथा तनावका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि सरकारले आत्महत्या दर कम गर्न त्यस्तो कोशिस गर्नेको लागि नयाँ व्यवस्था गर्ने भएको छ ।
जापानमा काम, विद्यालय र अभिभावकको तनावका कारण आत्महत्या गर्नेको संख्या बढी छ । त्यहाँ वार्षिक साढे दुई लाखभन्दा बढीले आत्महत्या गर्दछन् ।
आत्महत्याको यो डरलाग्दो तथ्यांक जापानको विकास र वैभवको खिल्ली हो । त्यसैले सरकारले आत्महत्या रोकथाम निर्देशिका मस्यौदा अनलाइनमा जारी गर्दै अर्को दशकसम्म आत्महत्या गर्नेको संख्या ३० प्रतिशतबाट घटाएर प्रति एक लाखमा १६ हजार भन्दा कममा झार्ने योजना बनाएको छ ।
जापानमा सात वर्षयता लगातार आत्मा हत्याको क्रम बढ्दो छ । तथ्यांक अनुसार जापानमा सन् २०१६ मा प्रति एकलाखजनामा २१ हजार ८ सय ९७ जनाले आत्महत्या गरेका छन् ।
जापान संसारको विकसित मुलुक भए पनि आत्महत्या गर्नेको संख्यामा विश्वको छैठौमा क्रममा रहेको छ । जापान सरकारले आत्माहत्याको दर घटाउने उपाय निकाल्न विद्यालय र काममा बढी बोझ दिनेहरुको तथ्यांक नै संकलन गर्ने भएको छ ।
प्रधानमन्त्री शिन्जो अबेको मन्त्रिमण्डलले आत्महत्याको दर कम गर्न सार्वजनिक राय संकलन गर्ने र त्यसको निचोडपछि दिशानिर्देशकलाई अन्तिम रुप दिने भएको छ ।
जापान सरकारले राज्य, निजी संगठन र व्यवसायीहसंग सहकार्य गरेर आत्महत्यामा कमी ल्याउन भने सफल भएको थियो । सन् २०१५ मा प्रति एक लाखजनामा १८.५ प्रतिशतले आत्माहत्या गरेका भिए भने सन् २०२६ सम्म सरकारले सो दरलाई १३ प्रतिशतमा झार्ने योजना बनाएको छ ।
जापान सरकारले आत्महत्यामा कमी ल्याउन विशेष गरी त्यस्तो प्रयास गर्ने प्रयास गरेकाका लागि र हालै बच्चा जन्माएका आमाहरुको लागि स्वास्थ्य र मानसिक जाँचका लागि स्वास्थ्य संस्था खोल्ने योजना पनि बनाएको छ ।
सरकारले युवा पुस्ताको आत्महत्या रोक्नको लागि जापान सरकारले विद्यार्थीहरुलाई कसरी सचेत गराउने र कसरी तनावका बीच आत्महत्याको सोच आएका बेला कसरी अरुसंग कसरी मद्दत माग्ने भन्ने कुराको योजना पनि बनाउदै छ ।
जापानको आत्महत्या दर प्रति एक लाखजनामा १९ प्रतिशत छ भने लिथुआनियामा ३०.८, दक्षिण कोरियामा २८.५ र सुरिनाममा २४.२ रहेको छ ।
आदर्श देवकोटा
नेपालजापान डट् कम्