केशव प्रसाद पाण्डे
मानिसको जिवनको लागि अत्यावश्यक पर्ने रगत छिटो नपाएर मृत्युवरण गर्नुपरेका खवर सुन्दा नराम्रो लाग्छ ।रगतआवश्यक परेपछि आजकाल सामाजिक सञ्जालको सहारा लिएपनि समयमा उपलव्ध हुने सम्भावना हुँदैन यस्तोमा रगत छिटो प्राप्त गर्ने केही हाम्रो अनुभव दिँदैछौ।
सेना वा प्रहरीकोमा जानुस:
सेना र प्रहरिको कार्यालय,व्यारेक आदिमा व्लड गुर्पिङ गरेर राखिएको हुन्छ। साथै शारीरिक प्रशिक्षण र खानाको सन्तुलनले रक्तदानमा समस्या हुँदैन ।अन्यत्र भौतारिनुको साटो छिटो यतातर्फ पनि ध्यान दिन सके छिटो प्राप्त गर्न सकिन्छ ।आजकाल कतिपय समुहले पनि यस्तोमा काम गरेका छन र पनि त्यसको साथै यसवाट सहारा लिन सकिन्छ ।
प्रबिधिको उपयोग :
२०७२ सालको नेपालको उत्कृष्ट एप पनी घोषणा भएको हाम्रो डाक्टर एपले यो सुबिधा उपलब्ध गराएको छ ।ब्लड मात्र होइन, नेपालका सम्पूर्ण अस्पताल , डाक्टर , एम्बुलेन्स , सब बहान र नेपालमा बन्ने औषधी पनी खोजी खोजी हेर्न सकिन्छ साथै स्वास्थ्य सम्बन्धी कुनै प्रश्न हरु छन भने पनी सोध्न सक्नु हुनेछ।जसवाट रगत दिन चाहनेले आफ्नो रक्तसमुह सहितको जानकारी राख्न सकिन्छ र आवश्यक परेकाले सोही माध्यमबाट सम्पर्क गरेर रगत अभावलाई पुरा गर्न सकिन्छ ।आवश्यकताको समयमा आँत्तिने र यसवारे ज्ञान नहुन सक्छ तसर्थ जानकारीका लागि यस सुचनालाई सक्दो सेएर गरौ ।