२०७८, २१ श्रावण बिहीबार

Thursday 5th August 2021

हे मेडिकल माफ़िया हो ! कि त डाक्टर के.सी. लाई दलाल घोषित गर कि त उनका माग पूरा गर । अब अति भो ।

प्रकाशित मिति: २०७४, २४ श्रावण मंगलवार २१:०२

केशव प्रसाद पाण्डे

सरल भाषामा स्वास्थ्य क्षेत्रको भ्रष्टाचार अन्त्य र सुधारको माग हो, डाक्टर गोविन्द केसीको अविरल एघारौं पटकसम्मको अनसन ! तर आठौँ अनसनबाट डाक्टर’साव तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेे मागसहित अनसन बसेपछि यो मुद्दालाई फरक रुपमा व्याख्या गर्न थालियो ।उक्त समयमा कनकमणि दीक्षितलाई अख्तियारले जेल हालेको रिस फेर्न गोबिन्द केसीलाई उपयोग गरि व्यक्तिगत तहको फाइदाकाे आरोप लाग्यो। उता लोकमानले पनि अख्तियारको लेटरप्याडमा केसी पागल भएकोले सरकारलाई उपचारका लागि रिफर सहितको रिपोर्ट गरे।अब केसीलाई निशर्त समर्थन गर्नेहरू सोच्न बाध्य भए अर्थात उनको पदचिन्हमा खोट देख्ने बढ्न थाले। केसीको अनसनलाई कमजोर देखाउन यस्तो प्रचार अन्ततः मिथ्या साबित हुँदै गए।तर बास्तबिकता त्यस्तै थियो।

लोकमानलाई महाअभियोगको माग फरक विषयमा थियाे त?
अाठाैँ पटकको अनसनमा डाक्टर केसीको मागलाई कसैबाट सञ्चालित भएर उठाईएकाे मागका रुपमा उल्लेख गर्दै मुद्दालाई कमजोर देखाउने प्रपञ्च राजनीतिक र मेडिकल माफियाको रहेको थियोे। यिनलाई पागल भन्ने र देख्ने चिकित्सा क्षेत्रका र बाह्य माफियाको लागि टाउको दुखाउने यिनै देशका इमान र समर्पण भएकालाइ यस्ता अफवाह फैलाइले डगमगाउनु परेन । कारण स्पस्ट थियो– यिनको नियतमाथि खोट थिएन । लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन दबाब दिनुमा फरक बिषय नभइ चिकित्सा क्षेत्रमा लोकमानले अख्तियारलाइ स्वेच्छिक प्रालि बनाएर व्यक्तिगत स्वार्थमा कार्यक्षेत्रमै नपर्ने काठमाडौँ विश्वविद्यालयको प्रवेश परिक्षा रद्द, मेडिकल काउन्सिलमा हस्तक्षेप गरि आफन्तको किष्ट कलेजलाई ७५ सिटबाट ६० आफै थपेर १३५ सिट पुर्‍याउनु । जुन पूर्वाधार र पर्याप्त क्षमता अभावमा मापदण्ड विपरीत हुन्छ र गुणस्तरीय चिकित्साशास्त्र भन्दा पैसाको चलखेल बढी थियो । कानुनले सिमा नाघेर जाने अधिकार लोकमानलार्इ पनि हुँँदैन तर यस्ता विषयमाथि बोल्न भ्रष्टाचारी राजनीतिज्ञ र सांसदहरू जुनसुकै बेला लोकमानले फसाइदिने र पोल खुलाइदिने डरले बोल्ने सामर्थ्य राख्नेवाला थिएनन् र छैनन्। उनीहरूले माफियाको जालसाँजी स्वीकारेका छन् । जुन जनप्रतिनिधिलार्इ जनताको रुपमा दबाब दिने साहस, पेशालार्इ धर्म ठान्ने वरिष्ठ चिकित्सक केसीको निष्कलंक छविले गरेको छ।

स्वास्थ्यमा उपेक्षा र मुद्दाको बेवास्ता !
उनलाई कसैसँग जोडेर यो मुद्दालाई कमजोर र अर्थहीन बनाउन खोजिएको ह‍ो । सबै नेपालीको चिकित्सा सेवा र शिक्षामा समान पहुँच होस, राजनीतिक नियुक्तिले नक्कली डाक्टरले सक्कली नेपालीको स्वास्थ्यमा गरिएको गम्भीर लापरबाहीको चिन्ता हो। पेशालाई बिरामी डाक्टरकोमा होइन् डाक्टर बिरामीकोमा पुग्नुपर्छ भन्दै खच्चडमा अौषधि बोकेर जाजरकोट र प्राकृतिक विपतिमा विदेशी भूमिमा समेत पुगि निःस्वार्थ मानवसेवा गरेका यी आजीवन अबिवाहितको योग्यता र क्षमतामा नेपाली चिकित्सा क्षेत्र अगाडि बढेको हेर्ने सुनौलो सपना मात्रै हो।माथेमा अायोगले दिएको स्वास्थ्य क्षेत्र सुधारको सम्भव पक्षलाई कार्ययान्वयन गरियोस् भन्ने हो।

रहरले अनसन बसेका हुन त डाक्टर केसि?
उनले प्रत्येक अनशनलाई अन्तिम देख्न खोजेकै हुन् तर सम्झौता गर्ने तर कार्यान्वयन नगरिएकाले त्यसकै लागि बाध्य बनाइएको हुन्छ। नाजुक स्वास्थ्य स्थिति हुँदा समेत वेवास्ता र उपचारका लागि समेत प्रशासनको आदेशका नाममा मरे मरोस भनेर ‘सु–समाचार’ कुरिरहेकाहरूको सपना अन्तसम्म पनि बाँकी छ र मानवअधिकार आयोग र समग्र जनदवावपश्चात मात्र उनको गम्भीर स्वास्थ्यस्थिति बारे अस्पताल प्रशासन र सम्बन्धितले उपचारको प्रकृया अगाडि बढनउने नियमित प्रकृया फेरी हुनेछ र माग सुनुवाइको पक्ष हप्तौंसम्म पनि नसुनिएझैँ गरिन्छ र सम्झौतामा अनसन तोडाएर फेेेेरि उहि अवस्थामा पुुुुराईन्छ।यो गोबिन्द केसिको निजी माग होइन अाम नेपालीको सरोकार हो। हामी, हाम्रो समाज र भावी भविष्यको मुद्दा हो, पूरा हुनेछ र हाम्रो साथ डाक्टर गोविन्द केसीको पक्षमा छ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक