२०७८, ३० बैशाख बिहीबार

Thursday 13th May 2021

नयाँ नेपाल निर्माणका सपनाहरू!

प्रकाशित मिति: २०७४, २४ श्रावण मंगलवार २१:२६

-दिपक थापा

भरतपुर महानगरपालिकामा जे जति तिकडमबाजी गरे नि अन्तत जनताले आफ्नो मतबाट आफ्नो इच्छा जाहेर गरेरै छाडे जसको परिणाम रेणु दहाल विजय हासिल गरिन्।जसले निर्वाचित हुनासाथ भरतपुर अस्पतालमा महिलाका लागि ओपिडी टिकटमा लाग्ने शुल्क नलाग्ने निर्णय गरेर आफु जनताका पक्षमा काम गर्ने जनपक्षिय नेता हुँ भन्ने कुरालाई आम जनमानसमा दर्शाईन्।जबकि निर्बाचन जित्नासाथ निर्बाचित पदाधिकारीका लागि मोबाईल किन्ने मोटरसाईकल गाडी खरिद गर्ने जस्ता स्वसुविधाका निर्णयहरु सञ्जालमा बग्रेल्ती भइरहेका बेला रेणु दाहलको निर्णय जनप्रिय हुन पुग्यो जसका कारण त्यो जनप्रियत देख्न नसक्नेहरुका भिडले आफु निर्बाचित भएको २४ घन्टा नपुग्दै २ करोड ७० लाखको गाडी किनिन् भनेर सामजिक सञ्जालमा ओइरो लागेर विभिन्न शब्दमा उनीएका स्टाटसहरु देखिए। आजको युग सञ्चारको युग हो र सरकारका हरेक क्रियाकलाप हरु जान्न र बुझ्न पाउनु आम नागरिकको अधिकार पनि हो। तर अर्थ न बर्थ गोबिन्द गाइ टाउको दुखेको ओखती नाइटामा लाइ भने जस्तो कुरै नबुझी कागले कान लग्यो भन्दा कान छाम्नेकी कागका पछि दगुर्ने त्यो मुख्य कुरा हो।

सिधै भरतपुर नगर पालिकामा गएर बुझ्न सकिने बिषयमा भ्रामक र कपोकल्पित प्रचार प्रसार गर्नुको तात्पर्य केहो त्यसको पुष्टि हुनेगरि समाचार भनुँ वा स्टाटस आइदिए आम नागरिकले सुसुचित हुने मौका समेत पाउने थिए तर त्यसो नभई हचुवा र हावादारी समाचार भनुँ वा स्टाटसहरु आउनु दुखद कुरा हो।यदि वास्तवमै रेणु दाहालले गाडि किनेकै हो भने पनि लुकाउन सकिने बिषय होइन जुन आम सञ्चार जगतको ध्यान केन्द्रित रहेको भरतपुर महानगरकी मेयरले त्यस्तो अप्रिय निर्णय गरिएको र कानुन पंतिकुल हुनेगरि काम गरेकी भए उनलाइ उभ्याउन सक्ने ठाउँहरु धेरै छन्।तर बिरोधको निम्ति बिरोध, आफ्नाले गरेका गल्तिलाई ढाकछोप गर्ने नाममा र अरूको व्यक्तिगत र पार्टीगत चरित्र हत्या गर्नका लागि लान्छाना लगाउने उद्देश्यले मात्र गरिएका त्यस्ता बनावटी शव्दजालयुक्त समाचार भनुँ वा स्टाटस मार्फत सामाजिक संजाल रङ्गाइनु कमजोर मानसिकताको उपज बाहेक अरु केहि हुन सक्दैन भन्ने लेखकको ठम्याई हो।

स्थानीय निकाएका यो वा त्यो पार्टीका पदधिकारीहरूले गरिरहेका शक्तिको दुरूपयोग (मोवाइल खरिद, गाडि खरिद तथा आफ्नो सुविधा थप गर्दै जाने किसिमका जनताका पक्षमा नभइ आफ्नै खातिर गरिएका जनताका लागि अप्रिय)हरूलाई ढाकछोप गर्न रेणु दाहालले तीनका आँखाको तारो हुनुपरेको देख्दा आम यूवा एव राजनितीज्ञहरुको सोच देख्दा लेखक अचम्भित हुने गरेको छ।भरतपर महानगरपालिकामा निर्वाचित भए लगत्तै मेयरका हैसियतमा उनलाई महानगरपालिकाले उपलव्ध गराएको पुरानो गाडीको प्रयोग गरेको कुरालाइ अन्यथा अर्थ गरि तथानाम मनगढन्ते कुरा सामाजिक सञ्जालमा छर्नुको कुनै तुक छैन।
नव निर्बाचित मेयर रेणु दाहाल प्रचण्ड पुत्री हुनु उनको दोष होईन। महिलाका अधिकारका लागि लड्ने लागिपर्नेहरु पनि उनी प्रचण्ड पुत्री भएकै कारणले चुनाबमा टिकटै पाउनु हुन्न भन्नेमा उभिएको दुखद अवस्था एकातिर थियो भने उनलाइ कुनै हालतमा जित्न दिनु हुन्न यसका लागि कुनै कसर बाँकी नराखे पनि जनताले उनलाइ जिताइ छाडे।त्यो जितबाट विछिप्त हुनेहरुको सञ्जालको बकबक देख्दा हामी नयाँ नेपालको निर्माणमा लागि परेका यूवाहरु के यस्तै हावादारी कुराका पछि लाग्ने हो र? देशको पुनर्संरचनामा देश अघि बढि सकेको अवस्थामा कसरी देशलाइ उचित बाटोमा हिडाउने त्यता तिर सोच्नु पर्ने बेला आइसकेको छ।

म नेपालका नागरिक समाजका अगुवा, बुद्धिजीव, पत्रकार, लेखक, सहित्यकार, राष्ट्रबादी र देशभक्तका रूपमा रहनु भएका सवै व्यक्तित्वहरूले सबै राजनितीक दलहरुका बिकृती बिसंगती एवं प्रवृत्तिहरूका बिरोध गरेमा माओवादी लगायतका पार्टीले आफुलाइ सुधार्ने र सच्याउने अनि देश बिकास र जनताका कार्यमा लागिपर्ने अवसर पाउने थिए भन्ने लाग्छ।। किनभने १० बर्षे महान जनयुद्ध लगायतका विभिन्न ऐतिहासिक आन्दोलनहरू छिचोलेर आएका पार्टीहरुको यसरी खेदो खनेर न देशको, न जनताको न तपाईको न अरू कसैको कसैको पनि हीत हुनेवाला छैन् । तरपनि रेणु दाहालले पार्टी र आफु प्रति गरिएका अपमानपुर्ण व्यवहारबाट रत्तिभर हतास या भनौं बिचलित नभई आफ्नो पहिलो कार्यलाई/निर्णयलाई जनमुखि बनाउन सफल भएकि छन्।उनले भरतपुरवासी महिलाहरू र ६० बर्ष उमेर समुह माथिका पुरूषहरू समेतका लागि क्षेत्रिय अस्पताल, भरतपूरमा निशुल्क ओ.पि.डी. सेवा प्रदान गर्ने घोषणा गरेकी छन्।हुनत उनको यो निर्णय/कार्य जनमुखि कार्यको सबैतिरबाट सह्राना भइरहेको छ।हामीले राम्रो कामको तारिफ गर्न र नराम्रो कामको उजागर गर्न पनि सिक्नु पर्छ।यस कार्यले अब ठुला र दुरगामी महत्वका जनमुखि कार्यहरू तर्फ संकेत गरेको पनि आम जनमानसले अनुमान गरिरहेको अवस्था छ । भनिन्छ नि “हजार माईलको यात्रा पनि पहिलो पाहिलाबाटै शुरू हुन्छ अनि भनिन्छ दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीले बताउन छ” उनको कदममा आम जनताको साथ जरूरी छ।अनि मात्र समृद्ध र बिकसित महानगरको सुनौंला सपनाहरूले आफ्नो रङ्ग लिन सफल हुनेछन्, अनि मात्र पूरा हुनेछ महान सहिदहरूले देखेका नयाँ नेपाल निर्माणका सपनाहरू!

(लेखक – केन्द्रीय समिति सदस्य/अखिल क्रान्तिकारी तथा अध्यक्ष/नेपाल ल क्याम्पस, क्याम्पस समिति)


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक