२०७८, २१ श्रावण बिहीबार

Thursday 5th August 2021

हिंसा पिडीत पुरुषका लागि न्याय खोई?

प्रकाशित मिति: २०७४, २४ श्रावण मंगलवार २१:३८

-दिपक कुमार बिष्ट

एकाबिहानै टेलीफोनको घण्टी बज्यो।मैले आँखा मिच्दै फोन उठाएँ।उताबाट सामान्य अभिवादन पश्चात रुञ्चे स्वरमा प्रश्नहरुको ओइरो लाग्यो।सर के हिंसा र यातना के महिलालाई मात्रै हुन्छ?महिलाका संरक्षणमा यो देशमा अथाह कानुनहरु छन र नभएका धेरै बन्ने तरखरमा छन् तर के पुरुषको संरक्षण गर्ने किन कुनै कानुनहरु बन्दैन राज्यले किन त्यस तर्फ ध्यान दिदैन? एकातिर पुरुष र महिला समान भएको कुरा गर्ने अर्कोतिर विभेद।राज्यले यस्तो गर्न मिल्छ।राज्यका लागि हरेक नागरिक एकै होईनन् र ? उनले राईफलबाट गोली बर्षाए झैं एकैचोटी धेरै कुरा भन्न भ्याए।तर उनको कुनै प्रश्नको पनि मसंग जवाफ थिएन। यहाँहरु समक्ष एउटा प्रतिनिधी घटनाको दृश्टान्त राख्न चाहान्छु।

केहि प्रतिनीधी घटनाहरु:
पुरुष हिंसाका घटनामा दिनहुँ जसो संख्यात्मक रुपले बृद्धि हुँदै गईरहेको छ। मोरङ पथरी शनिश्चरेका परिवर्तित नाम रामलाल पुरुष हिंसाको शिकार भएका छन् । रामलालकी श्रीमती सीता घरको सम्पत्ति लटिपाटी पारेर नजिकैका हरिहरसँग टाप कसेको घटनाले चर्चा पाएको छ। ६ महिना अघि देखि संबन्ध बिग्रीए पछि २ महिना अगाडी संकास्पद तस्विरहरु र मोवाईलमा म्यासेज भेटेकाले समाजले मिलाउने प्रयास गरेको थियो । गाउँमा श्रीमतीले समाजकै अगाडी “तँ मेरो श्रीमान हैनस आजदेखी यो मेरो श्रीमान भन्दै” हरिहरको हात समातेर घर छाडेकी थिइन्। तर सीताकी आमाले हरिहरसङ्ग छुटाएर ईलाका प्रहरी कार्यलय लगे पनि उनी रामलालसग जीवनयापन गर्न फर्किन चाहिनन् । केटी पक्षकाले जबर्जस्ती केटालाई धम्क्याई जिम्मा लगाएको केटा रामलालले बताए । सीताको मर्जी तथा उनी पक्षाका मानिसहरुके दवाब पश्चात हरिहरसँग ८ वर्षीय छोरो साथैमै लिएर गएपछि रामलाल यतिबेला विक्षिप्त बनेका छन् । स्वास्नी र छोरा लिएर अर्कैसँग गएको चिन्ता त रामलाललाई छ नै ,त्यही माथि गाउँघरका साथीसंगीसँग मुख लुकाएर हिड्नुपर्ने बाध्यता अर्को तर्फ श्रीमतीले लिएर गएको गहना र पैसा असुलीका लागि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी लिइ गएपनि प्रहरीले दर्ता नै नगरेको उनको आरोप रहेको छ । उनि भन्छन् “प्रहरीले चासो दिएन, देखा देखी अर्कासँग भोगेकी श्रीमती भोलि फेरि अंश भरिपाउँ भन्दै महिला अधिकारकर्मी लिएर आउली भन्ने चिन्ता छ” । गाउँमै किराना पसल गरेर बस्दै आउनु भएका रामलालले यस अघि पनि श्रीमतीलाई थिइन् । घरमा श्रीमती र दुई सन्तान रहेका हरिहरकी पत्नी हाल दुई जीउकी रहेको छिमेकीले बताए । सीताका पनि दुई छोरा छन् । जेठो १२ वर्षको घरमा रामलालसंगै छन भने कान्छो सीताले साथै लिइ गएकी छिन् । २९ वर्षीय सीताले झण्डै २०सौं लाख रुपैयाँ रिन लगाई गर गहना समेत साथै लिइ गएको मात्र नभइ छिमेकमा धेरै जनासंग रकमहरु सापटी समेत लिएर हिडेको थाहा पाएपछि रामलाल विक्षिप्त भएका छन् । म जस्ता पिडीतहरु कति होलान के मैले कुनै न्यायिक उपचार पाउँदिन? श्रीमती फेरि फर्की आएर अंश मुद्धा हाल्न सक्ने खतराको पीडाबाट मैले उन्मुक्ती पाउँदिन?उनलाइ गरेको विश्वासको बदला मैले सधैं पीडामा बाँच्नु पर्ने!रामलाल भक्कानिदै दुखेसो पोख्छन्।

त्यस्तै काठमाण्डौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा खेपीरहेका एक यूवाको पीडा त्यस्तै छ।उनकी श्रीमती उनीसंग नबसेकी ११ बर्ष भइसक्यो।उनले लाखौं प्रयास गर्दा नि उनी घरमा आइनन्।केहिसीप नलागेपछि उनले महानगरपालिकामा कानुन बमोजिम सम्बन्ध बिच्छेदको निबेदन हाले।महानगरले दबैलाई मिलाउने प्रयास गर्यो तर सकेन र मिल्न नसक्ने सम्बन्ध बिच्छेद गर्न उपयुक्त हुने राय सहित अदालत पठाइदियो।अदालतमा मुद्धा चलिरहदा उनकी श्रीमती पटक पटक गुण्डा लिएर उनको डेरा कोठामा जाने गुण्डाहरुलाइ वरिपरि राखेर उनी आफै हात हालेर पिट्छिन थर्काउँछिन र अदालतमा यो कुरा भनिस भने मार्दिन्छु अझ मर्नु न बाँच्नुको दोसाँधमा पुर्याएर छाड्छु तँलाइ भन्छिन।

उसले श्रीमतीको अंश दिएर अलग हुन र शान्तीपूर्वक जीवन यापन गर्न चाहेको थियो।तर उसकी श्रीमतीको मानसिक र शारिरीक यातनाले उ अबबौलाउन मात्र बाँकी छ।अदालतमा आउँदा एकोहोरो देखिन्छ।कसैसंग बोल्दैन।टोलाएर बसेको हुन्छ। हाँसो त टाढाको कुरा कतै उसको मुहारमा छनक सम्म पाइन्न। उसकट् श्रीमती अंश लिन नि तयार छैनसम्बन्ध बिच्छेद गर्न नि तयार छैन अनि संगै बस्न नि तयार छैन।कानुनले नि उसको कुनै सहायता गरेको छैन न न्यायालयले उसको पीडा महसुस गरेको छ।यहि कुरालाइ लिएर एक पटक प्रहरीमा जाँदा एउटी श्रीमती नि मिलाएर राख्न सक्नु हुन्न भनेर उल्टै उसलाई अर्ति दिएर पठाइयो।

समाजमा यस्ता देखिने तर महसुस गर्न नसकिने पुरुष हिंसाका घटनाहरु धेरै छन्।हाम्रो समाज अझै पनि पुरुषको प्रधानतामा जकडिएको भएर महिलाका दोष भए नि पुरुषले नै खप्नु पर्छ पीडा।शारिरीक चोट त देखिन्छ तर मानसिक रुपमा लागेको चोट सायदै सबैले महसुस गर्न सक्लान।समाजमा कतै न कतै महिला हिंसा कै हाराहारीमा पुरुष हिंसा पनि भेटिन थालेका छन्। यस्ता खाले गहन खाले घटनाहरुलाइ पनि हामी बेवास्ता गरिरहेका छौं।चिया गफमा उडाइरहेका छौं।हामी हिंसामा जकडिएका त्यस्त पिडीत पुरुषहरुलाई हाँसोको पात्र बनाइरहेका छौं।हामी यस्ताखाले घटनाकाका बारेमा आवाज किन नउठाउने?समाजमा पुरुष पनि हिंसा पिडीत छन तिनको न्यायका लागि किन लागि नपर्ने?


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक