२०७८, ९ असार बुधबार

Wednesday 23rd June 2021

काठमाडौंमा फोटोपत्रकारहरुको सचेतना भेला सम्पन्न

प्रकाशित मिति: २०७५, १२ श्रावण शनिबार १६:२४

काठमाण्डौं, १२ साउन । राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे) मा आवद्ध भएका तथा संस्थामा आस्था राख्ने फोटो पत्रकारहरुको भेला तथा छलफल सम्पन्न भएको छ । काठमाडौंमा रहेर विभिन्न सन्चारसंस्थामा फोटोपत्रकारीता क्षेत्रमा कार्यरत २५ जना भन्दा फोटोपत्रकाहरुको भेला भएको हो ।

रातोपाटी डटकमका फोटोपत्रकार कृष्ण खड्काको अध्यक्षतामा बसेको भेटघाट तथा छलफल भेलाले विगत २१ वर्ष देखि स्थापना भइ आएको राष्ट्रिय फोटो पत्रकार समूह,(काठमाडौ)लाई अझै सक्रिय रुपमा अगाडी वढाउने निस्कर्षमा पुगेको जनाएको छ ।

उक्त भेलामा हाल फिल्डमा भने कदाचीत नदेखिने र तथाकथीत एकादेशमा फोटोपत्रकारीता गर्थीय भन्नेहरुले गलत ढंङ्गले सस्थामा हालिमुहाली भै सस्थाको नियम विपरित सदस्यहरुलाई कुनै जानकारी नै नगराइ गैर जिम्मेवारी ढंङ्गले विभिन्न कामहरु समेत गरिरहेको र तेस्ता अवैधानीक कृयाकलाप गर्न नदिन ससत्त रुपमा खबरखदारी समेत गर्ने निर्णय भएको खड्काले जानकारी दिदै ,

हाल काठमाडौंमा रहेको (एनएफपीजे) को ११ औं वार्षिकउत्सव तत्काल गर्न दवाव दिने र नयाँ साधारण सदस्यको लागी फोटोपत्रकारहरुलाई सदस्यता दिने साथै राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे)लाई सक्रिय रुपमा फोटोपत्रकारहरुको नेतृत्वमा सबै खाले हकहितको लागि अझै एक ढिक्का भएर अगाडी वढ्ने र संस्थालाई चलायमान वनाउने निर्णय गरिएको खड्काले बताए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक