२०७८, १० माघ सोमबार

Monday 24th January 2022

राष्ट्रिय फोटो पत्रकार समुहको आयोजनामा विश्व फोटो ग्राफी दिवस भव्यताका साथ मनाए ।

प्रकाशित मिति: २०७५, ३ भाद्र आईतवार २३:४५

भाद्र ३, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुहको आयोजनामा १७९ औँ विश्व फोटो ग्राफी दिवस प्रभातफेरी कार्यक्रम र राष्ट्रिय फोटो पत्रकार समुहको भोलीको गन्तव्य भन्ने अन्तरकृया कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । विहान ७ बजे पुतलीसडकबाट सुरु भएको प्रभात फेरी बागबजार, रत्नपार्क र भृकुटीमण्प हुदै पुनह पुतली सडकमा आएर समापन गरिएको थियो । प्रभात फेरी कार्यक्रम पछि राष्ट्रिय फोटो पत्रकार समुहको भोलीको गन्तव्य के भन्ने अन्तरकृया कार्यक्रम गरिएको थियो । उक्त अन्तरकृया कार्यक्रमा राष्ट्रिय फोटो पत्रकार समुहका सचिब प्रदिप राज वन्त, हालै स्थापना भएको नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुब आले, राष्ट्रिय फोटो पत्रकार समुहका पूवअध्यक्ष द्वय कविन्द्र मान शाक्य र राज भाइ सुवाल, धादिङ्ग शाखा अध्यक्ष नारायण सिलवाल र फोटो ग्राफी शिक्षक अरुन दत्त पन्तले फोटो ग्राफी दिवसको शुभकामना दिदै विभिन्न विषयमा आफ्नो आफ्नो विचार व्यक्त गर्नुका साथै वृहत छलफल भएको थियो । उक्त कार्यक्रममा समुहका सचिव प्रदिप राज वन्तले विभिन्न मिडियमा कार्यरत बाक्लो सहभागितालाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसरी नै एकजुट भएर समुहलाई अगाडी बढाउन आवाहान गर्दै कार्यक्रमा समापन गर्नु भएको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक