२०७८, ९ असार बुधबार

Wednesday 23rd June 2021

राष्ट्रिय फोटोपत्रकार समुहको विशेष अधिवेशन सम्पन्न १५ सदस्य निर्विरोध चयन अध्यक्षमा गोरखापत्रका राजेन्द्र चित्रकार

प्रकाशित मिति: २०७५, ६ आश्विन शनिबार १७:०५

टुडेस नेपालन्यूज, असोज ६, काठमाडौं । २ दसक भन्दा बढी समय पार गरि लामो इतिहास बोकेर अघि बढेको संस्था राष्ट्रिय फोटोपत्रकार समूह ९एनएफपिजे०को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ ।

समुहका संस्थापक तथा जेष्ठ सदस्य राजेन्द्र चित्रकारको सभापतित्व तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । पानसमा वक्ती बालेर तथा केक काटेर उदघाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघमा अध्यक्ष गोविन्द आचार्यको मन्तव्यका क्रममा एनएफपिजेले नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रुपमा स्थापीत गराउन खेलेको भूमिकाको स्मरण गर्दै फोटो नै पत्रकारीताको सत्य तथ्य को पुष्टी गर्ने आधार रहेको कुरा व्यक्त गर्नु भयो । आचार्यले नेपाल पत्रकार महासंग एनएफपिजे संग सहकार्य र सहयोग गरेर अगाडी बढ्न तयार रहेको समेत बताउनु भयो ।

कार्यक्रममासमुहका पूर्व अध्यक्षहरु विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाइ सुवाल र सल्लाकार दव्य जगदिस तिवारी, पदमसागर कक्ष्पतिको विशेष उपस्थिति रहेको थियो ।

विशेष साधारण सभाले तत्कालीन कार्यसमिति भङग गरी राजेन्द्र चित्रकारको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष राजेन्द्र चित्रकार गोरखापत्र दैनिक, उपाध्यक्ष कृष्ण खड्का रातोपाटी डट कम, महासचिव प्रदिपराज वन्त रासस, सचिव नवराज श्रेष्ठ हिमालय टाइम्स नेपाली, कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर) न्यूज अभियान डटकम, सह–कोषाध्यक्ष चन्द्रकला क्षेत्री नयाँ पत्रिका दैनिकबाट चयन भएका छन भने सदस्यहरुमा
नवराज वाग्ले, –कान्तिपुर दैनिक, तेजबहादुर बस्नेत –टुडे नेपाल न्युज, शोभा महर्जन – सम्पदा फोटोे भिजन संग्रह नेपाल, आर्यन धिमाल, – डिसि नेपाल डटकम, गगन अर्याल – लोकान्तर डटकम, शुसिल श्रेष्ठ – राजधानी दैनिक, मुकुन्द कालिकोटे –रिपोर्टस नेपाल डटकम, प्रदिप श्रेष्ठ –अगुल्ठो साप्ताहीक राजेन्द्र थापा – स्वतन्त्रफोटोपत्रकार चयन भएका छन ।

उक्त विशेष सभाले निवर्तमान अध्यक्ष ध्रुव आले लगाएत अन्य केही सदस्यहरुले ले अनाधिकृत रुपमा सस्थाको अस्तित्व नै मेटाइ, सस्थाको सम्पुण सरसामान आफ्नो कब्जामा राखी यस सस्थाको लोगो र लेटर प्यालाई अनेत्र सस्थामा प्रयोग गर्दै हिडेको मा कानुनी प्रकृयाबाट कारवाही गर्ने समेत निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक