२०७८, २९ बैशाख बुधबार

Wednesday 12th May 2021

इन्द्रजात्राको रौनक बसन्तपुरमा

इन्द्रजात्राको रौनक बसन्तपुरमा

प्रकाशित मिति: २०७५, ८ आश्विन सोमबार २३:१७

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरेकी छिन्। उनले वसन्तपुरमा गई श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरिन्। । तिनै देवतालाई विभिन्न आभुषणले सजाएर रथमा राखी शहर परिक्रमा गराईन्छ । विभिन्‍न देवदेवता गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिको समेत तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गराइने चलन छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा अवलोकनका लागि कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, काठमाडौं महानगरपालिकाका प्रमुखलगायत अन्य जनप्रतिनिधिहरुको पनि सहभागिता थियो।

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको बैठक यसै वर्ष मात्र पुनःनिर्माण भएको हो। २०७२, २०७३ र २०७४ सालको इन्द्रजात्राको कार्यक्रम विशिष्ट व्यक्तित्व वर्गले वसन्तपुर डबलीबाटै अवलोकन गरेका थिए।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानहरुमा पनि मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजा आराधना गरी आठदिनसम्म मनाइने गरिन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा हर्षाेउल्लासले इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई बुझिन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोकको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन ढालिन्छ र काटेपछि साइत हेरेर मात्र लिङ्गोलाई काठमाडौँ भित्र्याउन भित्र्याइन्छ । यहाँ भित्र्याइएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरी भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधिविधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी गराए ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
‘के यसअघि मैले गुलेली खेलाउँथे, चरा मारेर बसेको थिएँ ?’ ‘प्रहरीमा पुरानै हुँ, काठमाडौंमा नयाँ छु तर यहाँ काम गर्न मलाई अप्ठेरो छैन -काठमाडौं प्रहरी प्रमुख

अपराधी सँसारको जुनसुकै कुनामा भएपनि कानुनी दायरामा ल्याउछौं : सर्बेन्द्र खनाल, एसएसपी

प्रचण्डले आफ्नो जीवनसँग मोदीलाई जोडेर भारतीय मिडियासँग दिए यस्तो प्रतिक्रिया ! (अन्तरवार्तासहित)

(अन्तरवार्ता) भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ – मुखर्जी

पौडेल पक्ष जसरी पनि महाधिवेशन रोक्ने तयारीमा लागेको छ–जन्मजय तिमिल्सिना, नेता तरुण दल

अझै संघीयता भन्दा पनि बिकेन्द्रीकरणलाई मजबुत बनाउदा राष्ट्र बलियो हुन्छ- गीता राणा, उपाध्यक्ष-फोरम लोकतान्त्रीक